काठमाडौं – दसैंलाई लक्षित गर्दै टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष वित्तीय योजना सार्वजनिक गरिएको छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र एनआईसी एशिया बैंकबीचको सहकार्यमा ग्राहकले ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा सात वर्षसम्मको सवारीसाधन ऋण लिन सक्ने व्यवस्था गरिएको हो ।
विशेष योजनाअन्तर्गत ग्राहकले सवारीसाधन खरिदका लागि लिने ऋणमा सात वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदर पाउनेछन् । यससँगै ऋण प्रशासन शुल्कमा २५ आधारविन्दुसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
उक्त वित्तीय सुविधा बैंकको ऋणसम्बन्धी नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुने जनाइएको छ ।
दसैंको समयमा सवारीसाधन खरिद गर्ने ग्राहकलाई वित्तीय पहुँच सहज बनाउने उद्देश्यले योजना ल्याइएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । विशेष वित्तीय सुविधाले ग्राहकलाई आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया सहज बनाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
विशेष वित्तीय सहकार्यसम्बन्धी सम्झौतामा युनाइटेड ट्रेडर्स सिन्डिकेटका उपमहाप्रबन्धक (बिक्री तथा बजारीकरण) रेखा शाह कार्की र एनआईसी एशिया बैंकका प्रमुख व्यापार अधिकृत (खुद्रा व्यापार) अमित केसीले हस्ताक्षर गरेका छन् ।
योजना दसैंको अवसरमा टोयोटा सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।


विश्व खबर 



















