काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेपछि बिहीबार भने कुनै परिवर्तन भएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार पनि सुन यही मूल्यमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यसमेत आज स्थिर छ ।
महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदीको मूल्य यही रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ ।
यद्यपि, आज भने सुनचाँदी दुवैको स्थानीय बजार मूल्यमा कुनै परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















