काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।
बुकक्लोज हुनुअघि आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको २५औँ वार्षिक साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक हिसाबले ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि समेत निर्णय गर्ने बैंकले जनाएको छ ।


विश्व खबर 



















