images
images
  • रिज लाइन इनर्जीले १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने

    काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ ।

    कम्पनीले कात्तिक १७ गते मंगलबार ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान १० बजे सुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशतका दरले हुन आउने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांशमा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।

    त्यस्तै, दूधपोखरी चेपे जलविद्युत आयोजनाको ऋणका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

    कम्पनीले १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्तावसमेत सभामा लैजाने भएको छ ।

    सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नुका साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमा निर्णय गर्नेछ ।

    असोज २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन शेयर दाखिला खारेज गर्ने भएको छ ।

    यसअनुसार असोज २२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images