काठमाडाैं-नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ। खारेज हुने कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि, र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्।
राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप विनियम ५ अनुसार यी कम्पनीहरूको इजाजतपत्र खारेज गरेको हो। राष्ट्र बैंकका अनुसार, खारेज गरिएका कम्पनीहरूसँग कुनै पनि व्यक्ति वा संस्थाको विप्रेषणसम्बन्धी लेनदेन बाँकी रहेमा, त्यसको विवरण ३५ दिनभित्र लिखित रूपमा जानकारी गराउनुपर्नेछ। तोकिएको अवधिभित्र यस्तो जानकारी प्राप्त नभएमा बैंक जमानत स्वतः फुकुवा गरिनेछ।
यदि तोकिएको म्यादभित्र लेनदेन सम्बन्धी दाबी दर्ता भएमा, बैंक जमानतले उपलब्ध हुने रकम सीमाभित्र मात्र हिसाब मिलान गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।


विश्व खबर 




















