images
images
  • कांग्रेस ‘ठेकेदार’ सांसद शाहीको निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सुर्खेतमा दुई सडक अलपत्र

    काठमाडाैं- कांग्रेस नेता दिक्पालकुमार शाही निर्माण व्यवसायी हुन्। ०७९ को चुनावमा दैलख-२ बाट चुनाव जितेका उनी अहिले माननीय छन्। तर, उनको निर्माण कम्पनी अनक जयदेवीले सुर्खेत पश्चिमका दुई सडकको ठेक्का अलपत्र पारेको छ। जयदेवीले सनलाइटसँग जेभी गरेको थियो।

    कर्णाली प्रदेश सरकारले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ को बड्डीचौरदेखि खम्बागाडे खण्डको १३ किलोमिटर र कुइने–जामु–बाबियाचौरसम्मको झण्डै ८ किलोमिटर सडक निर्माणको ठेक्का शाहीको कम्पनीलाई दिएको थियो।
    २५ करोडमा ८ किलोमिटर सडक कालोपत्रेको ठेक्का भएपनि प्रगति हुन सकेको छैन। जबकि, ११ जेठ २०८१ मा यो सडक निर्माण भइसक्नुपर्ने हो।

    त्यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको १३ किलोमिटर सक पनि अलपत्र छ। ५ साउन २०७९ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। यो सडकको लागत४२ करोड ४७ लाख हो।

    सडक अलपत्र पारेपछि मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का तोड्ने चेतावनी दिएका छन्। सोमबार राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुख, पश्चिम सुर्खेतका नागरिक अगुवा, निर्माण व्यवसायी र मुख्यमन्त्री कँडेलबीच भएको छलफलमा यथाशीघ्र फिल्डस्तरमा काम अगाडि बढाउने सहमति भएको हो ।

    शाही सांसदमा निर्वाचित भएपछि उक्त कम्पनी उनका छोराले सञ्चालन गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images