images
images
  • नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प, जहाजविना प्रादेशिक उडान गर्ने भन्दै छलफल

    काठमाडाैं-सरकारी कम्पनी नेपाल वायुसेवा निगम (नेपाल एयरलान्यस) का आन्तरिक उडान पूर्ण रुपमा बन्द भएका छन्।

    पछिल्लो पटक आन्तरिक उडान भर्दै आएको एउटा ट्वीनअटर जहाज पनि आइतबार ग्राउन्डेड भएको हो। योसँगै आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए।

    एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो।

    तर, वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी भने प्रादेशिक उडानका लागि छलफलमा छन्। भएका जहाज पनि ग्रान्डेड छन्। तर, नयाँ जहाज किन्नेबारे पनि उनले प्रदेश सरकारसँग छलफल चलाइरहेका हुन्।

    प्रादेशिक हवाई उडान सञ्चालनका सन्दर्भमा निगम कार्यकारी अध्यक्ष सहित टोलीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेको हो। कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्नेबारे समेत छलफल भएको निगमले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images