images
images
  • कागेश्वरीमा आत्मदाह गर्ने महिला : ‘एकान्त मन पराउँथिन, पेट्रोल छर्केर आगो लगाइन्’

    काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ ।
    चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । गम्भीर घाइते भई शाखु स्थित सुष्मा कोइराला अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।
    “शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।” प्रहरीले भन्यो ।
    मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।
    मृतक आचार्यले आफ्नो मृत्युको कारण आफै भएको सुसाइड नोटसमेत लेखेको भेटिएको छ । छोरा र श्रीमानको सुखको लागि आफूले संसार छोड्ने निर्णय लिएको कुरा सुसाइड नोटमा उल्लेख गरिएको स्थानीयबासीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images