images
images
  • सुनको भाउ फेरि आयो तोलाको डेढ लाख रुपैयाँमा, एकै दिन २२०० रुपैयाँले घट्यो

    काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ ।

    शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आज भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images