images
images
  • माओवादी पृष्ठभूमिका एमाले नेताहरुले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल


    काठमाडौँ । आसन्न निर्वाचनबारे माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।

    ओली सरकारका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाहले निर्वाचनका सम्बन्धमा शुक्रबार आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

    अर्कोतिर आजै माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र दिनानाथ शर्माले पनि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्।अहिले केहीबेरमा जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमै जाँदै छन्।

    महन्थ ठाकुर पक्षलाई गरिएको कारवाहीलाई अनुमोदन नगरेकोमा यो पक्ष आयोगसँग रुष्ट छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images