images
images
  • भुटानका राजा नेपालको अनौपचारिक भ्रमणमा, स्वयम्भू र बौद्धमा पूजापाठ

    काठमाडौं – भुटानका राजा नेपाल आएका छन् ।

    भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

    वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

    रानी तेत्सुन पेमा वाङचुकसहित नेपाल आएङ्का उनी अहिले स्वयम्भू पुगेका छन् ।

    विमानस्थलबाट सिधै स्वयम्भू गएर पुजापाठ गरेका भुटानी राजा त्याहाँबाट बौद्धनाथ स्तुपा जाने छन् ।

    उनी आजै २:४० बजे भुटान फर्किने तालिका छ ।

    भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images