images
images
  • अमेरिकी सैन्य अखडाबाट सुरक्षा मिल्छ भन्ने भ्रम अन्त्य भएको इरानको दाबी

    काठमाडौं– इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का उपकमान्डर मेजर जनरल मुस्तफा इजादीले अमेरिकी सैन्य अखडाहरूले सुरक्षा प्रदान गर्छन् भन्ने भ्रम अब अन्त्य भएको बताएका छन् ।

    इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले इरानविरुद्धको युद्धमा अमेरिकाको ‘साम्राज्यवाद’ कागजी बाघ मात्र भएको प्रमाणित भएको दाबी गरे ।

    यस द्वन्द्वका क्रममा इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निरन्तर निशाना बनाउँदै आएको छ । केही अवस्थामा इरानले ऊर्जा तथा अन्य पूर्वाधारमाथि समेत आक्रमण विस्तार गरेको छ ।

    इजादीले इरानी सशस्त्र सेनाले भौगोलिक सीमाको कुनै बन्देजविना हरेक तहका खतराको सामना गर्ने पनि बताएका छन् ।

    सन् २०२६ को अगस्टमा आईआरजीसीको उपकमान्डरमा बढुवा भएका इजादी यसअघि यसको स्थल सेनाका कमान्डर थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images