images
images
  • चितवनमा विद्युतीय कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

    काठमाडौं — चितवनमा विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल रहेकी छन् ।

    भरतपुर महानगरपालिका–१६ स्थित फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले शुक्रबार बिहान पैदलयात्री भुजेललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोही दुर्घटनामा अन्य दुई जना पैदलयात्रीसमेत घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा संलग्न विद्युतीय कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images