images
images
  • दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय चौधरीको शव फेला

    काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव फेला परेको छ । स्थानीय बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरी बलको विशेष खोज तथा उद्धार टोलीले शुक्रबार बाँधको पानीमुनि फेला पारेको हो ।

    सशस्त्र प्रहरी बलको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएको विशेष टोलीले बाँधको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिए ।

    चौधरी छ जना साथीसँग नुहाउन बाँधमा गएका बेला डुबेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यमा परिचालन गरिएको थियो ।

    लामो खोजीपछि सशस्त्र प्रहरीको विशेष टोलीले उनको शव फेला पारेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images