images
images
  • माइक्रोसफ्टमा एकै पटक ७४ देशमा देखियो समस्या

    काठमाडौं– माइक्रोसफ्टमा आएका समस्याका कारण अहिले संसारका १०औं लाख सेवा अवरुद्ध भएका छन् । यस समस्याका कारण आउटलुकका इमेल, ग्रुप मिटिङ, बैक, सरकारी कार्यालय र न्यायालयका काम पनि प्रभावित भएका छन् । ७४ देशमा माइक्रोसफ्टमा अवरोध भएको छ । यी सबै देशमा इमेल अवरुद्ध भएको छ ।

    हङकङमा बेकिङ सेवा पनि अवरुद्ध भएको छ । युरोपमा पनि यसको असर देखा परेको छ । संसारका धेरै एयरलाइन्स पनि प्रभावित भएको छ । भारतको बजेट एयरलाइन्स इन्डिगोले आफ्नो ‘इमेल सहायता सेवा हाल प्रभावित भएको’ जनाएको छ ।

    कम्पनीले यसका कारण ग्राहकबाट पठाइएका इमेल प्राप्त गर्न नसक्ने अवस्था आउन सक्ने बताएको छ । साथै ग्राहकहरूलाई आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

    भारतकै अर्को कम लागतको वायुसेवा कम्पनी आकासा एयरले पनि आफ्नो इमेल सहायता सेवामा ढिलाइ भइरहेको जनाएको छ । त्यसैगरी दक्षिण अफ्रिकाको वायुसेवा कम्पनी सेमएयरले विश्वव्यापी माइक्रोसफ्ट प्रणाली अवरोधका कारण आफ्ना केही प्रणालीमा समस्या आएको बताएको छ ।
    यद्यपि, यीमध्ये कुनै पनि वायुसेवा कम्पनीले उडान सेवा प्रभावित भएको जानकारी दिएका छैनन् ।

    भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले भने माइक्रोसफ्टको जारी प्रणाली अवरोधलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । कम्पनीले इमेलहरूलाई वैकल्पिक मार्गबाट पठाउने व्यवस्था मिलाएको पनि बताएको एयर इन्डियाका अनुसार उसका उडान सञ्चालनमा कुनै असर परेको छैन भने हालसम्म सञ्चारका कुनै पनि माध्यम प्रभावित भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images