images
images
  • ‘प्रचण्डले हप्तामा एक पटक लौन ! प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर कांग्रेसलाई खबर पठाउनुहुन्छ – महामन्त्री थापा

    काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हप्तामा एक पटक प्रधानमन्त्री बनिदिनुस् भनेर प्रस्ताव आउने गरेको कुरा समेत खुलासा गरेका छन् ।

    बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

    उनले भने, “प्रचण्डले भर्खर बोलेर जानुभयो कि, यो–यो कारणले गर्दा सरकार बदलियो।नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठुलो पार्टी हो।अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौन प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर।यो खबर पठाउने काम पहिले अर्कैले गर्थे ।”

    उनले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको पनि बताए ।
    उनले स्थिरताका लागि सो आवश्यक भएको प्रष्ट पारे ।

    महामन्त्री थापाले चने, “हामी लड्छौँ भन्दै गर्दा कोही पनि हाम्रो दुष्मन छैन।न प्रचण्ड हाम्रो दुस्मन हो न केपी ओली।आज केपी ओलीसँगसगै सरकारमा छौँ। हामी इमानदारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ।किनकि, हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ।परिणाम दिन चाहन्छौँ ।”

    उनले शान्ति प्रक्रिया, संविधान निर्माणका बेलामा जस्तो कांग्रेसले अवस्था सम्हाल्न खोजेको बताए ।

    उनले भने, “अहिले पनि उपद्रो गर्ने, चलखेल गर्ने, तलमाथि गर्ने हो भने सङ्ख्या सबैभन्दा बढी कांग्रेससँग छ।तर, कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो।आज कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ।प्रधानमन्त्री बन्ने तागत नभएर होइन, प्रधानमन्त्री बन्न नआउने भएर होइन, यो बेलामा प्रधानमन्त्री बन्ने कुरा महत्त्वपूर्ण होइन, यो बेला स्थिर सरकार दिने महत्त्वपूर्ण कुरा हो।किनकि, हामी सम्हाल्न चाहन्छौँ।हिजो शान्ति प्रक्रियामा, संविधान निर्माणमा सम्हालेको जस्तै सम्हाल्न चाहन्छौँ।तन्नेरीहरू आत्तिएका छौँ, ती तन्नेरीहरूलाई ढाडस दिन चाहन्छौँ ।”

    उनले मुद्दाहरूका आधारमा निर्वाचन लड्नुपर्ने भन्नुहुँदै मिसन ८४ को अर्थ नरहेको समेत बताए ।

    उनले भने, “मिसन ८४, मिसन ८४ भन्ने कुराको म कुनै अर्थ देख्दिनँ, किनभने अहिले हामी २०८१ सालमा छौँ।एउटा चुनाव लड्छौँ, जित्छौँ अनि अर्को चुनावको सपना देख्न थाल्छौँ।२०८४ छोडिदिनुस्, २०८१ मा नेपालको जिम्मा कसले लिन्छ रु २०७९ देखि २०८४ सम्म नेपालमा कुनै पार्टी छैन सरकारमा नबसेको, कुनै पार्टी छैन प्रतिपक्षमा नबसेको ।”

    प्रतिक्रिया दिनुहोस्

    images
    images