images
images
  • राहत र उद्धार कार्यलाई लाई ब्यबस्थित गर्न माधव समूहको सरकारलाई आग्रह


    काठमाडौ । नेकपा (एमाले)को खनाल–नेपाल समूहले बाढी पहिरो पीडितहरूको उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ ।

    बिहीबार बसेको स्थायी समिति बैठकपछि नेता माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न ध्यानाकर्षण गराएको हो ।

    ‘वर्षा याममा प्रत्येक वर्ष जसो नपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्वतयारी गरिएको देखिनु दुखको विषय हो । यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images