images
images
  • नेपाल–बङ्गलादेशबिच विद्युत व्यापारको औपचारिक सुरुवात, ४० मेगावाट विद्युत् निर्यात हुँदै

    काठमाडौँ – आज नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रूपमा संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् ।

    त्यसपछि आज राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।

    नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष ९सन् २०२४० मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा साबित हुने बताएका छन् ।

    यससँगै नेपाल विद्युत् व्यापारको सम्भावना देखाउने यो बलियो माध्यमको रुपमा हेरिएको छ । यसले नेपालमा ऊर्जा व्यापारमा ठुलो सम्भावना देखाएको छ  ।

    सम्बन्धित समाचार :

    ओलीको चीन भ्रमण अघि भारतले दियो बंगलादेश विद्युत निर्यातको अनुमति, भूराजनीतिक अर्थ के ?

    प्रतिक्रिया दिनुहोस्

    images
    images