images
images
  • भैरहवा विमानस्थलमा कतार एयरको ‘वाइड बडी’ जहाज अवतरण, दैनिक उडान सुरु

    काठमाडौं – कतार एयरवेजको वाइडबडी जहाँज भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    यो सँगै कात्तिक २७ गते मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ ।

    भैरहवामा अवतरण भएको कतार एयरको जहाज कतारको राजधानी दोहाबाट भैरहवा आएको हो ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ जना यात्रु आएकोमा एक जना भैरहवा र ३२ जना काठमाडौंमा झरेका छन् ।

    योसँगै कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।

    यस अघि थाइ एयर एसिया, जिजरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्सले भैरहवाबाट उडान सुरु गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images