काठमाडौं – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरले पनि नियमित उडान गर्ने भएको छ ।
यो सँगै उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सको संख्या ५ पुगेको छ । यस अघि एयर एसिया, जजिरा, फ्लाइ दुबइ र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छन् ।
कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने तए भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।
दोहाबाट २:४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ ।
गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि बल्ल त्याहाँ दैनिक अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । त्रिभुवन बिमानस्थल दैनिक १० घण्टा बन्द हुन थालेपछि वायु सेवा कम्पनीले बाध्य भएर भैरहवाबाट उडान सुरु गरिरहेका छन् । भैरहवाको व्यवस्थापन राम्रो भएमा आगामी दिनमा त्याहाँबाटै नियमित उडान हुने विश्वास लिइएको छ ।


विश्व खबर 




















