काठमाडौं – नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरामा व्यवसायीक केबलकार बनाउन दिनेकी नदिने भन्ने विषयमा विवाद भएको छ ।
एक पक्षले केबलकार बनाउन दिनुपर्छ भनिरहँदा अर्को पक्षले यहाँ कुनै पनि हालतमा कबेलकार बनाउन दिनुहुन्न भनेपछि विवाद उत्कर्षमा पुगेको हो । दुई पक्षबीचको विवाद भनाभनमा मात्र सीमित नभइ हात हालाहालकै स्थीतिमा पुगेपछि त्याहाँ झडप भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
पाथीभरामा केबलकार निर्माण गर्न दिने वा नदिने भन्ने विषयमा स्थानीयहरु दुई समूहमा विभाजित भएका छन् । त्याहाँका अधिकांस स्थानीयहरु केबलकार निर्माण गर्न नहुने पक्षमै छन् । अर्को पक्षले असहमति जनाउँदा जनाउँदै केबलकार निर्माणको शिलन्यास कार्यक्रम राखेपछि विवादले उग्र रुप लिएको हो ।
एउटा पक्ष शिलान्यास कार्यक्रममा सहभागी भइरहँदा अर्को पक्षले शिलान्यास नै बिथोल्न खोज्दा झडप भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए । तर स्थानीय प्रसाशनले भने प्रहरी परिचालन गरेर शिलान्यास सम्पन्न गरेको छ ।
पाथीभरामा केबलकार बनाउन नहुने भन्दै विभिन्न समिति बनाएरै आन्दोलन भइरहेको छ । केवलकार निर्माण खारेजी समिति, मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायतले कुनै पनि हालतमा केबलकार बनाउन नदिने चेतावनी दिँदै आएका छन् ।
पाथीभरामा केबलकार निर्माणका लागि चन्द्रागिरी र मौलाकालिका केबलकार निर्माण गरिसकेको आईएमई ग्रुपले जिम्मा पाएको छ ।


विश्व खबर 




















