images
images
  • थाई एयर एसियाको ब्याङ्कक–भैरहवा उडान प्रारम्भ : जस लिन अघि सरे प्रधानमन्त्री, यसरी सुरु भएको हो भैरहवा उडान

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई  क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको भिडियो सेयर गर्दै प्रधानमन्त्रीले भनेका छन्, “भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।”

    उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै सुरु भइसकेका थिए । थाइ एयरले त्यतिबेला नै भैरहवा बाट उडान गर्ने प्रतिवद्वता जनाएको थियोे ।

    थाइ एयर एसियाले जबर्जस्ती काठमाडौंमा विमान अवतरण गरेपछि उसलाई नेपालमा उडान प्रतिबन्ध लगाइएको थियो । पछि भैरहवाबाट धेरै उडान गर्ने सर्तमा उसको प्रतिबन्ध फुकुवा गरेपछि आज गौतम बुद्ध विमानस्थलबाट परीक्षण उडान गरेको हो । प्रधानमन्त्री ओलीले भने आफू नेतृत्वको सरकारको पहलमा उडान सुरु गराएको जस लिन खोजेको आरोप लगाइएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images