काठमाडौं – पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सुझाव माग गरेको छ ।
आयोगले सरकारले गर्नुपर्ने कामबारे आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरुबाट सुझाव मागेको हो ।
सरकारले असोज २१ गते गठन गरेको सो आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरु दिनेछ । सरकारलाई सुझाव दिनकै लागि आयोगले अहिले आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरुबाट सुझाव माग गरेको हो ।
आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।
इच्छुक आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरुले आगामी मंसिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्नेगरी सुझाव पठाउन सक्नेछन् । त्यस्तै इमेल ठेगाना [email protected] मा पनि सुझाव पठाउन सकिनेछ ।
विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक तथा दिगो उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक/उत्पादनशील अर्थतन्त्र निर्माण, गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारका सुझावहरु आयोगले सरकारलाई बुझाउने छ ।
हेर्नुहोस आयोगको सूचना



विश्व खबर 




















