images
images
  • युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको निधन भएको छ।

    रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।

    सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि ६२ वर्षीया रावल नागरिक अस्पताल गएका थिए । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । रावलको परिवारमा श्रीमति, एक छोरा र छोरी छन् ।

    निर्जीवन बीमा कम्पनीमा दुइ दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images