काठमाडौं । नेपालको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ फिल्म भएको घोषणा गरेको छ ।
दीपक राज गिरी र दीपाश्री निरौला अभिनित फिल्म छक्का पञ्जा ५ ले सुरुवातबाटै प्रचारप्रसार तीव्र पारे पनि विराज भट्टको फिल्म १२ गाउँ भने गुपचुप मै सुपरहिट भएको छ ।
चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ घोषणा गरिएको हो ।
क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्तमा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र पहिलो साताभर सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।
जसअनुसार, दशैंको फूलपातिमा रिलिज भएको ‘छक्कापञ्जा ५’ले गत सोमबार क्यूएफएक्सको देशभरका हलमा उक्त थ्रेसहोल्ड पार गरेको थियो । उक्त मापदण्ड पुरा गर्न ‘१२ गाउँ’लाई बुधबारसम्म समय लाग्यो ।
‘तर, कुनै पनि फिल्मले अहिलेसम्म हाम्रो ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन्’ गिरीले भनिन् । क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन थालेको हो । त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाएका छन् ।
विहिबारदेखि क्यूएफक्सका हलमा छक्कापञ्जा ५ र १२ गाउँले आक्रामक कमाइ गरिरहेका छन् । दुवै फिल्मले १०/१० करोड भन्दा बढीको व्यापार गरिसकेका छन् ।


विश्व खबर 




















