images
images
  • विप्लवको ‘कृषि कम्यून’ राजनीति : घनश्याम भुषालपछि जनार्दन शर्मासँग गरे छलफल

    काठमाडौं । यतिबेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेको कृषि कम्यूनको वारेमा राजनीतिक वृत्तमा निकै चर्चा हुने गरेको छ ।

    दुई दिन अघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई कपिलवस्तुमा गरेको सामुहिक कृषि खेति देखाएका विप्लवले बुधवार नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई पनि कृषि कम्यूनको अवलोकन गराएका छन् ।

    सोही क्रममा विप्लव र शर्माबीच कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित उनको निवासमा  भेटघाट र समसामयीक विषयमा छलफलसमेत भएको छ ।

    Janardan Sharma biplav meeting

    दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पूर्व माओवादी घटकहरु एक हुने विषयमा कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ । उनीहरुबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको छ ।

    कृषि कम्यून अवलोकन पछि भुसाल र शर्माले नेपालका राजनीतिक दलहरुलाई दलाल पुंजिपति वर्गको प्रभाव र दवावबाट मुक्त गरी आत्मनिर्भर बनाउन विप्लवबाट सिक्नुपर्ने धारणा राखेका थिए ।

    Ghanashyam BHusal with Biplav

    प्रतिक्रिया दिनुहोस्

    images
    images