images
images
  • देउवासँगै प्रचण्ड पनि माधव नेपाल निवास कोटेश्वरमा


    काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

    प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि छन् ।

    भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images