images
images
  • माओवादीमा लागेकी सांसद वलीलाई एमालेले कारवाही गर्ने

    रूपन्देही। लुम्बिनी प्रदेश सांसद विमला वलीलाई नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले कारवाही गर्ने भएको छ ।

    प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै एमाले संसदीय दलले सांसद वलीलाई कारबाही गर्ने भएको हो । वलीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको गर्न प्रमुख सचेतक भुमीश्वर ढकालले जानकारी दिए ।

    दाङबाट उपनिर्वाचनमा विजयी सांसद वलीले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल पुनःनियुक्ति भएपछि माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेको थियो ।एमाले र माओवादी एकता भएर बनेको तत्कालीन नेकपाबाट उनले उपनिर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव जितेको थियो ।

    विमला वली माओवादीमा प्रवेश, लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।

    दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो

    प्रतिक्रिया दिनुहोस्

    images
    images