images
images
  • नेपाली सेनाको सहयोगमा काठमाडौं-हेटौडा जोड्ने कान्तिलोकपथ सञ्चालनमा

    हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ ।

    १२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएसँगै कान्तिलोकपथ सञ्चालनमा आएको हो ।

    बागमतीमा पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ छोटो र महत्वपूर्ण मार्ग हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images