images
images
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेस र एमालेको ५०/५० लाख रुपैयाँ सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेस र नेकपा एमालेले रु ५०/५० लाख सहयोग गरेका छन् ।

    कांग्रेसकातर्फबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    एमालेका तर्फबाट भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई चेक हस्तान्तरण गरेका हुन् ।

    सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छन् ।

    प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताउँदै विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।

    नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भावनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images