images
images
  • वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता


    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र नेता विष्णु पौडेलबीच आज (सोमबार) भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल–झलनाथ खनाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको चर्चा चलिरहेका बेला उपप्रधानमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेलले नेता गौतमसँग भेटवार्ता गरेका हुन् ।

    गौतमको सचिवालयले भने भेट व्यक्तिगत भएको जनाएको छ। एमाले एकताका लागि भइरहेका पछिल्ला प्रयासका बारेमा पनि छलफल भएको बुझिएको छ। 

    दुई नेताबीच भेटघाट भएको भए पनि के विषयमा कुराकानी भयो भन्नेबारे नेता गौतमको सचिवालयले खुलाएको छैन । ‘उहाँहरू छिमेकी पनि हुनुहुन्छ, त्यस्तो कुनै विषयवस्तुकै लागि मात्र नभएर पनि भेटघाट गर्नु हुन्छ,’ गौतमको सचिवालयले भन्यो । उपप्रधानमन्त्री पौडेलले नेता गौतमलाई भैंसेपाटीस्थित गौतमकै निवास पुगेर भेटेका हुन् । विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन् ।

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले असार २ गते माधव नेपालसहितको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका बेला गौतमलाई भेटन पौडेल उनको निवास पुगेका हुन्।

    केहीदिन अघि गौतमले पनि पार्टी एकताका लागि विज्ञप्ति जारी गर्दै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images