images
images
  • प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका

    काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको एक लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी कायम गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । सो अवधिसम्ममा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images