काठमाडौँ । आज शेयर बजार राताम्य भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४७ अकंले घटेर २९६६.३३ बिन्दुमा कायम भएको छ ।
कारोबार रकम गत बिहिबार भन्दा केहि कम हो । आज २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । गत बिहिबार भने २९ अर्ब ९५ करोडको कारोबार भएको थियो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको २.२५ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशत, हाइड्रोपावर समूहको ३.७४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















