काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर घटाउने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो ।
कम्पनीले संस्थापक समूहतर्फ शेयर स्वामित्व ७० प्रतिशतबाट ६० प्रतिशत कायम र सर्वसाधारण समूहको शेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो ।
हालैमात्र सम्पन्न ११ औं वार्षिक साधारण सभामा पेश भई पारित भएको उक्त निर्णय आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन हुने पनि कम्पनीले बताएको छ ।
सभाले केन्द्रीय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारणतर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो ।
उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ ।


विश्व खबर 




















