काठमाडौं । विहिबार शेयर बजार ३ हजारले माथि उक्लिएको छ। कारोबार खुलेको केहि मिनेटमै ४४ अंकले बढेर बजार परिसूचक नेप्से ३००१.७६ को विन्दुमा उक्लिदा पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।
आज बजार खुलेदेखि बढिरहेको सेयर कारोबार उत्साहजनक देखिएको छ। अहिलेसम्म ३ वटा उपसमूहबाहेक अन्य ११ वटा उपसमूहमा हरियाली छाएको छ। अहिले बैंकिङ समूहमा सर्वाधिक चमक देखिएको छ।
अहिलेसम्म १७० कम्पनीको शेयरभाउ बढ्दा ६५ वटाको घटेको छ भने ६ वटा स्थिर रहेका छन्। अहिलेसम्म अपी पावरको सर्वाधिक कारोबार भइरहेको छ। अपी पावरको १३ करोड ६९ लाख रुपैयाँ बढीको शेयर किनबेच भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















