images
images
  • सतप्रतिशत हकप्रद शेयर जारी गर्दै मोदी इनर्जी

    काठमाडौं । मोदी इनर्जीले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

    सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। यसका लागि विद्युत नियमन आयोगमा सहमतिका लागि आवेदन कम्पनीकी लेखा तथा प्रशासन प्रमुख आरती शाक्यले जानकारी दिइन्।

    विद्युत नियमन आयोगको सहमतिपछि हकप्रद शेयर निष्कासनको अजेन्डा आगामी वार्षिक साधारणसभा लैजाने निर्णय पनि कम्पनीले गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images