काठमाडौं ।शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। शिखर इन्स्योरेन्स कम्पनीको नाफा १२६.८७ प्रतिशतले बढेर ५१ करोड ३० लाख २१ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ नाफा रहेको थियो । कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड १२ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोष २५२.३४ प्रतिशतले बढेर ३१ करोड ५१ लाख ८५ हजार रुपैयाँ छ।कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















