images
images
  • आइएमईको सीईओमा दिवाकर पौडेल नियुक्त

    काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त भएका छन् ।

    आइएमई रेमिट्यान्स तथा जीएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेजका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।

    दुई रेमिट कम्पनी एकापसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार शुरु भएको हो । । मर्जर पछि दुबै कम्पनीको गरेर चुक्तापूँजी १ अर्ब १५ करोड रुपैयाँ भएको कम्पनीले बताएको छ ।

    नेपालीहरूले अन्तरराष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग सञ्जाल विस्तार गर्दै सन् २००१ मा उक्त कम्पनीले आफ्नो सेवा प्रथम पटक मलेशियाबाट शुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images