काठमाडौं । सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सन्राइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक सुरुवात गरेका छन्।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भन्ने भावना व्यक्त गरेका छन् ।
सोही कार्यक्रमका लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा ंसंस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।
साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।
गैह्रिधारा–२, काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी बीस करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।


विश्व खबर 




















