काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनी ट्रान्सफरले ‘रेमिट पर्व’ सुरु गरेको छ । जनैपूर्णिमा, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तिजको अवसर पारेर ई-सेवाले ‘रेमिट पर्व’ सुरु गरेको हो ।
इसेवा कम्पनीका अनुसार साउन ३० देखि १ महिनासम्म सञ्चालन हुने योजनामा हरेक हप्ता २५ हजार जित्न सकिनेछ । योजनामा सहभागी हुन ग्राहकले विदेशबाट आफ्ना आफन्तको ई-सेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रेमिट पठाउनु पर्नेछ ।
इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्