images
images
  • ३४ अंकले शेयर बजार बढ्दा २३ अर्बभन्दा बढी कारोबार

    काठमाडौं ।  आज शेयर बजार नेप्से  परिसूचक ३४ दशमलव २९ अंकले बढेर २,९५७ को विन्दुमा कायम भएको छ ।  आज ७९ कम्पनीको शेयर मूल्य  घटेको छ भने  १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ  ।

    आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

    आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ,भने आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    आज सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images