काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एकै बर्ष ५१ करोड बढी खुद नाफा कमाएको छ । इन्स्योरेन्सले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०\८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीले ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो आवको तुलनामा ३०.८१ प्रतिशत बढी छ। अघिल्लो आवको सोही अवधीमा कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ९.८६ प्रतिशत बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ ।
गत बर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि बढोत्तरि देखिएको छ । यस्तो आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढेको हो । गत वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कम्पनीको कुल आम्दानी १२.३४ प्रतिशत वृद्धि भइ ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै, रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्