काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तीलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षकोरुपमा पहिलो पटक नेपाल ट्रष्टको कार्यालय कमलादीमा पुगेर मन्त्री अधिकारीले मातहतका निकायबाट बिफ्रिङ सुनेपछि सो निर्देशन दिएका हुन् ।
नेपाल ट्रष्टसंग काठमाडौंलगायत देशका बिभिन्न भुभागमा जग्गा जमिन, ऐतिहासिक दरबार, व्यवसायिक भवनहरु, बिभिन्न निकायमा सेयर रहेको उल्लेख गदैं मन्त्री अधिकारीले भएका सम्पत्तीमार्फत ट्रष्टलाई मुनाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रष्टमातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरुको खोजबिन गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।
मन्त्री अधिकारीले ट्रष्टका सचिव रामआधार शाहलाई हालसम्मको प्रगति विवरण र आउने आर्थिक वर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरुको लिष्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन निर्देशन समेत दिए ।
बिफ्रिङ् तथा मन्त्रीको स्वागत कार्यक्रममा सचिव, सञ्चालक समितिका सदस्यहरु, कर्मचारीलगायतको उपस्थीति रहेको थियो । प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको अध्यक्ष प्रधानमन्त्रीले भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीलाई जिम्मेवारी तोकेका थिए ।


विश्व खबर 




















