images
images
  • तोलामा १००० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार १०० कायम भएको छ ।

    यता चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने १० रुपैयाँले बढेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images