images
images
  • नेप्से ९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब

    काठमाडौं– साताको अन्तिम शेयर कारोबार नेपाल स्टक एक्सजेञ्ज –(नेप्से) घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९.३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ । 

    बिहीबार नेप्से ०.४३ प्रतिशतले घटेर २११२.२९ विन्दु कामयम भएको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४०० पटक किनबेच भएको छ । 

    बिहीबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    आज सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.११ अंकले घटेको छ । 

    आज १३ वटा समूहमध्ये विकास बैंक समूह र फाइनन्सको बाहेकका अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images