ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवा बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवा बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।
बैंकले क्युआर कोड तथा पिओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस सेवा अनलाइनबाटै प्रदान गर्नेछ । साथै, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डका लागि) आवेदन, क्रेडिट कार्डको विवरणका लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डका लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, टिएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवासमेत बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्ने बताइएको छ ।
बैंकले केही दिनअगाडि मात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटिएम मेसिनजस्ता अत्याधुनिक मेसिन रहेका छन् ।


विश्व खबर 




















