काठमाडौँ -लक्ष्मी सन्राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।
बैंकले नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा नम्बर २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरेकाे हाे।
स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा न। १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएकाे छ।
बैकका अनुसार स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ।
यस्तै बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा नम्बर ७, नारायणस्थान ९ साविक सन्राइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ बाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिएकाे छ।
हाल बैंकले ५९ जिल्लाका २५ ४ शाखा, ३१८ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्टबाछ सेवा दिइरहेकाे छ।


विश्व खबर 




















