images
images
  • हिमालयन बैंकको विराटनगर शाखा-२ स्थानान्तरण, अब रोडशेष चोकबाट सेवा दिने

    काठमाडौं-  हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट आइतबार देखि रोडशेष चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

    बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पोस टर्मिनलहरू र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाले जनाएका छन् ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images