images
images
  • दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न धमाधम काम

    दैलेख- जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।

    उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार ५ सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले राससलाई बताए ।

    कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

    चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images