
काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा १७ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि १ लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहिबार १ लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्